बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

फेरि बढ्याे सुनको भाउ, तोलाको कति ?

फेरि बढ्याे सुनको भाउ, तोलाको कति ?

मेगा खबर संवाददाता

१७, आषाढ २०७७
  • 1.3K
    SHARES

  • फेरि बढ्याे सुनको भाउ, तोलाको कति ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ७०० रुपैयाँ पुगेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर ९१ हजार ७०० रुपैयाँ पुगेको हो ।

    यसअघि सुनको मूल्य यतिधेरै कहिल्यै भएको थिएन । संघका अनुसार यसअघि असार १५ मा सबैभन्दा धेरै ९१ हजार ३०० थियो । पछिल्लो दिनमा सुनको मूल्य लगातार बढ्दै गएको छ।  

    महासंघका अनुसार बुधबार तेजावी सुन तोलामा ९१ हजार २६५ रुपैयाँमा कारोबार भएको छ । 

    यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ९४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ९६० रुपैयाँमा कारोबार भएको हो । 

    बुधवार, आषाढ १७ २०७७१२:४८:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार