सेयर बजारमा आज (बुधबार) पनि दोस्रो पटक सकारात्मक सर्किट लागेको छ । बजार ५ प्रतिशतले बढेपछि दोस्रोपटक सर्किट ब्रेकर लागेर ४० मिनेटका लागि कारोबार रोकिएको हो । अब ४० मिनेटपछि मात्र कारोबार खुल्नेछ । ११ बजेर ३५ मिनेट जाँदा दोस्रो सर्किट लागेको थियो । । यसअघि पहिलो सर्किट ११ बजेर १३ मिनेटमा लागेको हो ।
पहिलो सर्किट लागेर बजार खुलेको २ मिनेटमै फेरि दोस्रो सर्किट लागेको हो । अधिकांश समूहको सेयर मूल्य बढेको छ । लामो समयपछि कारोबार शुरु हुन थालेको सेयर बजारमा लगानीकर्ताहरु उत्साहित भएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।