बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आईपीएल क्रिकेटमा काेलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई हरायो

आईपीएल क्रिकेटमा काेलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई हरायो

मेगा खबर संवाददाता

३०, चैत्र २०७७
  • 1.4K
    SHARES

  • आईपीएल क्रिकेटमा काेलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई हरायो

    काठमाण्डाै,  इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा काेलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई हराएको छ ।

    चेन्नईमा गएराति भएको खेलमा काेलकाताले हैदराबादलाई १० रनले हराएको छ । काेलकाताले दिएको एक सय ८८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रन मात्रै बनाउन सक्यो ।

    हैदराबादका मनिष पाण्डेले ६१ र जोनी ब्रेस्टोले ५५ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यस अघि पहिले ब्याटिङ गरेको काेलकाताले नितिश राणाको ८० र राहुल त्रिपाठीको ५३ रनकाे मद्दतमा ६ विकेट गुमाएर एक सय ८७ रन बनाएको थियो ।

    आईपीएलमा आज राति राजस्थान रोयल्स र किङ्ग्स-११ पञ्जाब खेल्दैछ । 

    सोमवार, चैत्र ३० २०७७०९:१६:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार