इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ ।
शनिवार राति भएको खेलमा युभेन्ट्स टोरिनोसँग २-२ गोलको बराबरीमा रोकिएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको १३ औं मिनेटमा फेड्रिको चिसाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थियो ।
खेलको २७ औं मिनेटमा एन्टोनियो सनाब्रियाले गोल गर्दै टोरिनोलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ४६ औं मिनेटमा सनाब्रियाले व्यक्तिगत गोल गर्दै टोरिनोलाई २-१ को अग्रता दिलाए ।
खेलको ७९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई २-२ गोलको बराबरीमा ल्याए । बराबरीसँगै युभेन्ट्सले २८ खेलमा ५६ अंक जोडेको छ ।
युभेन्ट्स चौंथो स्थानमा रहेको छ । टोरिनो २४ अंक जोडेर १७ औं स्थानमा छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।