काठमाण्डाै, नाइजेरियाको उत्तर–पश्चिमी जाम्फारा राज्यका सयौँ स्कुले छात्रा अपहरणमा परेकाे आशङ्का गरिएको छ ।
शुक्रवार बिहान बन्दुकधारीहरूले एक विद्यालयमा आक्रमण गरेपछि झण्डै तीन सय छात्राको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको एक शिक्षकले बताएको बीबीसीमा उल्लेख गरिइएको छ ।
बन्दुकधारीले स्थानीय समय अनुसार शुक्रवार रातकाे एक बजेकाे समयमा आक्रमण गरेकाे खबर छ । जङ्गेबे क्षेत्रकाे एक विद्यालयमा माेटरसाइकल र गाडीमा आएका बन्दुकधारीकाे एक समूहले आक्रमण गरेकाे एक शिक्षकले पञ्च नाम गरेकाे एक समाचार वेबसाइटलाई जानकारी दिए ।
एक शिक्षकले बीबीसीसँग भने, विद्यालयमा चार सय २१ विद्यार्थी छन्, तीमध्ये ५५ जना सुरक्षित छन् र तीन सय छात्राकाे अपहरण गरिएकाे आशङ्का रहेको छ । नाइजेरिया सरकारका प्रवक्ताले आक्रमणको पुष्टि गरेका छन् ।
यसबारेमा अन्य जानकारी दिएका छैनन्, गएका केही हप्तायता भएको अपहरणको घटनामा यसलाई सबैभन्दा ठूलो मानिएको छ । नाइजेरियामा हतियारधारी समूहले फिरौतीकै लागि अपहरण गर्दै आएका छन् ।
नाइजेरियाको छिमेकी देश नाइजरमा गएको हप्ता २७ विद्यार्थी सहित कम्तीमा ४२ जनाको अपहरण गरिएको थियो । त्यो घटनाको बारेमा अहिले सम्म कुनै जानकारी प्राप्त नभएको बीबीसीमा उल्लेख गरिइएको छ ।
डिसेम्बरमा नाइजेरियाकाे कत्सिना राज्यमा बन्दुकधारीले तीन सयभन्दा धेरै छात्रलाई अपहरण गरेका थिए, छलफलपछि उनीहरूलाई रिहा गरिएको थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।