भारतले आज (मंगलबार) ७२ औँ गणतन्त्रका दिवस मनाउँदै छ । गणतन्त्रका दिवसलाई लक्षित गरी राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
दिल्लीको आईटीओ, यमुना ब्रिज लगायतका क्षेत्रमा ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको छ। ठाउँ-ठाउँमा छेकबार लगाइएको छ। किसानहरुको ट्रयाक्टर र्यालीलाई मध्यनजर गर्दै यसपटकको गणतन्त्र दिवसमा दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको हो ।
मंगलबार गणतन्त्र दिवस परेडलगत्तै किसानहरुले तीनवटा विवादित कृषि कानूनको विरोधमा ट्रयाक्टर र्यालीको आयोजना गर्दैछन्।समाचार एजेन्सी पिटिआईका अनुसार किसान संगठनले फेब्रुअरी १ मा संसद भवन घेराउको घोषणा पनि गरेका छन् । उक्त दिन भारतको संसदमा बजेट पेश हुनेछ ।
कडा सुरक्षा व्यवस्थाकाबीच किसानहरुले गणतन्त्र दिवस परेड समापन भएपछि मात्रै ट्रयाक्टर र्याली निकाल्न सक्ने प्रहरीले जनाएको छ ।
दिल्लीको सीमामा दुई महिनादेखि भइरहेको किसान आन्दोलनको समर्थनमा मुम्बईको आजाद मैदानमा हजारौँको संख्यामा किसानहरु भेला भएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।