बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सांसदलाई ‘भारतीय चेली’ भनेकोप्रति मातृका यादवको आपत्ती

सांसदलाई ‘भारतीय चेली’ भनेकोप्रति मातृका यादवको आपत्ती

  • 4.0K
    SHARES

  • सांसदलाई ‘भारतीय चेली’ भनेकोप्रति मातृका यादवको आपत्ती

    काठमाडौं । पूर्वमन्त्री एवम नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद मातृका प्रसाद यादवले सांसद सरीता गिरीलाई भारतीय चेली भनेकोबारे असन्तुष्टि जनाएका छन् । उनले विचारको विमति हुँदैमा जनप्रतिनिधिलाई संसदमै ‘भारतीय चेली’को संज्ञा दिनु नस्लीय अभिव्यक्ति भएको र मण्डले राष्ट्रवादको पोषण गरेको आरोप लगाएका छन् ।

    अन्य देशबाट विवाह गरेर आएपनि पनि नेपालको नागरिकता प्राप्त गरेका व्यक्तिलाई अरू नागरिक सरह बोल्ने र विचार अभिव्यक्त गर्न सम्पूर्ण अधिकार रहेको उनले बताए ।

    “विचारको विमति हुँदैमा जनप्रतिनिधिलाई संसदमै भारतीय चेलीको संज्ञा दिएर नस्लीय अभिव्यक्ति दिनु मण्डले राष्ट्रवादको पोषण गर्नु हो । वैवाहिक भए पनि नेपालको नागरिकता प्राप्त गरेका व्यक्तिलाई अरू नागरिक सरह बोल्ने र विचार अभिव्यक्त गर्न सम्पूर्ण अधिकार छ । नेपालको संविधानको मर्म नै त्यही हो ।” उनले भने ।

    साथै संकुचित राष्ट्रवादको समस्या विश्वभरि फैलिएको र नेपाल जस्तो सानो मुलुकमा यस संकुचित राष्ट्रवादको नकारात्मक असर अझ गहिरो हुने आशंका व्यक्त गरे ।

    नेपालले अतिक्रमित भूमीसहितको नक्सा सार्वजनिक गरेको विषयमा सांसद गिरीले दिएको अभिव्यक्तिबारे अर्की सांसदले भारतीय चेलीको संज्ञा दिएकी थिइन् ।

    शनिवार, जेठ २४ २०७७१०:२१:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार