बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

रुकुम घटना कोरियाली सामाजिक संजालमा भाईरल

रुकुम घटना कोरियाली सामाजिक संजालमा भाईरल

  • 3.4K
    SHARES

  • रुकुम घटना कोरियाली  सामाजिक संजालमा भाईरल

    रुकुमको चौरजहारी घटनाले यतिबेला कोरियाली राष्ट्रिय स्तरको मिडियाले कभर गरेपछि रुकुम घटनाले कोरियाली जनताहरुलाई आश्चर्य चकित बनाएको छ । यो न्युज कोरियाको सामाजिक संजालमा भाईरल बनेको छ । न्युज पोर्टलको उक्त साईटमा लाखौंले हेरेका छन भने हजारौंले प्रतिक्रिया जनाएका छन । उक्त न्युज पोर्टलले “अन्तरजातिय बिबाहगर्न खोज्दा ६ जना दलितहरुलाई नदिमा खसालेर मारियो ” भन्ने शीर्षक राखेको छ भने सिधै तल लेखिएको छ “दलित युवाहरुको दु:खद निधन” । उपल्लो जातको केटिसङ्ग तल्लो (दलित )जातको केटिले प्रेम बिबाह गर्न खोज्दा दलित युवासहित ६जनालाई गाउँलेले कुटेर खोलामा बगाईदिएको स्पष्ट लेखेको छ ।

    मेगा खबर कोरिया प्रतिनिधि बिक्रम केसीका अनुसार त्यसको अलवा हिन्दु धर्मले गरेको जात ब्यबस्थामा ब्राह्मण ,क्षेत्री ,वैश्य ,शुद्रको तथा दलित बिचको अन्तरसम्बन्ध बिच पनि खुलाएको यस समाचारमा हजारौंले कमेट गरेका छन कमेन्टहरुमा धेरैले तिनिहरु मानिस नै नभएको तथा असभ्य जन्तुहरुसंङ्ग तुलना गरेका छन भने कतिपयले नेपालमा एक सभ्य समाज र मिलनसार मानिसको रुपमा लिएको तर ठिक उल्टो देखिएकोमा दुख ब्यक्त गर्नुका साथै मान्छे मान्छे बिच पनि यस्तो विभेद ? भनेर आश्चर्य प्रकट गरेका छन ।

    कोरियनसंग बिबाह गरेर लामो समय नेपालीहरुको सेवामा लागीरहनुभएकी एक जना दिदिले मलाई मेसेज गर्दै उहाँको कान्छी छोरीले यस्तो न्युज हेरेपछी उहाँसंङ धेरै प्रश्न गरिछन यसरी दुखेसो पोख्नुभयो ” तपाईले कोरियन नागरिक संग बिहे गर्दा तपाईको समाजले के हि भनेनन ? उहाँको कान्छी छोरी बिद्यालयमा छात्रा अध्यक्ष भएकोले नेपालको बारेमा साथीहरुलाई बुद्ध जन्मेको देश , सगरमाथा भएको देश ,मेरो आमा भएको देश भनेर गर्व गर्थिन रे अब साथीहरूले के भन्ने होलान भन्ने पिर लागिरहेछ रे ”

    एक जना साथिको कम्पनिको साहुले समाचार देखेर नेपाली कामदारलाई सोधेछ -“तिमिहरुको देशमा मान्छेले मान्छेलाई मान्छे मान्दैनन रे , हो र ? उसले बुज्गे पनि नबुझे जस्तो गर्यो रे । भोलि कति साथिहरुले यो प्रश्नको सामना गर्नुपर्नेछ । देशको र आफ्नै बेइज्जत हुने यस्ता घटनाहरुलाई सत प्रतिशत निर्मुल पार्नको लागि हामी युवाहरु एक हुनुको बिकल्प छैन । लागौं साथिहरु एक जुट भएर लागौं समस्या हाम्रै पालामा समाप्त हुन्छ । एउटा इतिहास बन्नेछ । 

    मंगलवार, जेठ २० २०७७०३:४८:३४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार