बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

दक्षिण कोरियामा एक नेपाली चेलीको मृत्यु

दक्षिण कोरियामा एक नेपाली चेलीको मृत्यु

  • 3.4K
    SHARES

  • दक्षिण कोरियामा एक नेपाली चेलीको मृत्यु

    कास्की पोखरा घर भई कोरियामा रहेर काम गर्दै आएकी सबी भण्डारीको गएराती हृदयघातका कारण मृत्यु भएको छ । एनआरएन कोरियाका सचिब मनोज गौतमलाई उदृत गर्दै मेगा खबर कोरिया प्रतिनिघि बिक्रम के सी ले जानकारी दिएका छन ।

    उहाँका अनुसार अन्दाजी ३० बर्षीया मृतक भण्डारी १० बर्ष अघि देखि कोरियाको छुङ्जु शहरमा पोखरेली इन्डियन नेपाली रेस्टुरेन्ट संचालन गर्दै आएकी थिईन । उनका श्रीमान पनि हाल कोरियामै रहेको बुझिएको छ । घटनावारे सियोल स्थित नेपाली दुतावासमा सम्पर्क गर्दा आज दुतावास बन्द रहेकोले औपचारिक जानकारी प्राप्त भैनसकेको श्रम कन्सुलर डिल्लीराम बास्तोलाले बताउनु भयो ।

    गत सोमबार मात्र धादिङका मैती तामांगको दुर्घटनाका कारण मृत्यु भएको थियो भने दुई साता अघि स्याङ्जाका खड्ग बहादुर थापाको सुतेकै अबस्थामा मृत्यु भएको थियो । उनीहरुको शव नेपाल ल्याउने अबस्था नभएपछी गत आइताबार कोरियामै दाहसंस्कार गरिएको थियो । केहि दिन यता कोरियामा नेपालीहरुको मृत्यु हुने क्रम लगातार भैरहेको प्रतिनिघि बिक्रम के सी ले जानकारी दिएका छन ।

     

    शुक्रवार, जेठ १६ २०७७०३:१६:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार