विश्वभर काेराेना सङ्क्रमित मध्ये २३ लाख १ हजार ९७० उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा साढे ६ गुणा बढी हाे । पछिल्लाे समय काेराेना संक्रमति निकाे हुनेकाे संख्या बढ्दै गइरहेकाे छ ।
विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ संक्रमितकाे संख्या ५५ लाख नजिक पुगेकाे छ । वर्ल्डो मिटर्स डट इन्फोले हालै सार्वजनिक गरेको तथ्याङ्क विश्वभर अनुसार साेमबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या ५४ लाख ९७ हजार ६५० पुगेकाे छ ।
अहिलेसम्म विश्वभर काेराेनाका कारण ३ लाख ४६ हजार ६७५ ले ज्यान गुमाएका छन् । पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर ९५ हजार काेराेना संक्रमित थपिएका छन् भने २ हजार ८ सय मृत्यु भएकाे छ । आइतबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या ५४ लाख १ हजार २२२ थियाे भने मृत्यु हुनेकाे संख्या ३ लाख ४३ हजार ७९९ थियाे ।
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ९९ हजार ३०० जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १६ लाख ८६ हजार ४३६ पुगेकाे छ । संक्रमित मध्ये ४ लाख ५१ हजार भने पूर्ण रूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ११ लाख ३५ हजार बढीमा कोरोनाको संक्रमण रहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।