एजेन्सी
काठमाडौं । अर्जेन्टिनाकी पूर्व मिस वर्ल्ड नोर्मा कापेग्लीको निधन भएको छ ।
१७ डिसेम्बरमा आफ्नो घर नजिकै वाक गरिरहेकी उनलाई पछिबाट आएको एक बसले ठक्कर दिएको थियो । जसमा गम्भीर घाईते भएकी उनको कोमामा ६दिन राखेपछि निधन भएको हो ।
बसको ठक्करबाट उनको शिरमा फ्याक्चर भएको थियो । उनी ८१ वर्षकी थिइन् । उनले लण्डनमा सन् १९६० मा मिस वर्ल्डको ताज जितेकी थिइन् ।
उनी यो टाइटल जित्ने अर्जेन्टिनाकी पहिलो महिला थिइन् । त्यो बेला उनी मात्र २१ वर्षकी थिइन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।