काठमाण्डाै, न्युजिल्याण्डसँगको तेस्रो तथा अन्तिम टी २० क्रिकेट पाकिस्तानले चार विकेटले जितेको हो ।
न्युजिल्याण्डले दिएको एक सय ७४ रनको लक्ष्य पाकिस्तानले ६ विकेट गुमाएर दुई बल बाँकी छँदै भेट्यायाे । पाकिस्तानको जीतमा मोहम्मद रिजवानले ८९ र मोहम्मद हफीजले ४१ रन बनाए ।
यस अघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा सात विकेट गुमाएर एक सय ७३ रन बनायो । उसका लागि डेभन कनवेले सर्वाधिक ६३ रन बनाए । पाकिस्तानका लागि फहीम अशरफले तीन तथा शहीन अफ्रिदी र ह्यारिस राैफले दुईदुई विकेट लिएको छ ।
आजको खेल जिते पनि पाकिस्तानले शृङ्खला भने जोगाउन सकेन । यसअघिका २ खेल जित्दै न्युजिल्याण्डले शुङ्खला नै जितेको छ । दुई देशबीच दुई खेलकाे टेस्ट शृङ्खला पनि हुनेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।