काठमाण्डौ, साउदी अरेबियाले सबैै अन्तर्राष्ट्रिय उडानहरु एक हप्ताका लागि रोकेको छ ।
कोभिड १९ महामारिको नयाँ लहरको सम्भावनालाई मध्यनजर गर्दै एक हप्ताका लागि लागि उडान रोकिएको र यो समयावधि बढ्न पनि सक्ने छ । नयाँ बन्देजसँगै हवाई, समुद्री बाटो तथा स्थल मार्ग भएर साउदी अरेबिया प्रवेश गर्न पाइने छैन ।
स्वास्थ्य मन्त्रालयको सुझाव अनुसार यस्तो बन्देज लगाइएको साउदी अरेबियाको आन्तरिक मामिला सम्बन्धी मन्त्रालयले जनाएको छ ।
युरोपेली देशहरु तथा बेलायतले कोभिड १९ को थप लहर आउन सक्ने भन्दै सचेत गराइसकेका छन् । तर आपतकालीन अवस्थाका उडानहरु भने गर्न दिइने भएको छ । यसअघि पनि कुवेतले बेलायतबाट आउने तथा जाने उडान रद्द गरिसकेको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।