एजेन्सी, कोरोनाका बिरामी बढेसँगै जर्मनीमा कडा लकडाउन गरिएको छ । स्कुल तथा अत्यावश्यक बाहेकका अन्य सबै व्यापार बन्द गरिएको छ । १० जनवरी सम्म यी नियमहरु लागुू हुने सरकारी अधिकारीहरुले जानकारि दिएका छन् । यद्यपी, क्रिसमसमा भने केही छुट दिइनेछ ।
बुुधबार जर्मनीमा २३ हजार ४ सय २७ जनामा संक्रमण देखिएको थियो । क्रिसमसपूर्व अन्य देशहरुले पनि नियम कडा बनाएका छन् । फ्रान्सले रातको समय कफ्र्यु लगाएको छ । नयाँ नियम अनुसार जर्मनीमा सुपरमार्केट र बैंकजस्ता अत्यावश्यक व्यापार मात्रै खुल्ने भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।