कतार विश्वकप २०२२ को छनोट र एसियन कपको छनोटको दोस्रो चरणको आठौं खेलमा कतारले बंगलादेशमाथि सहज जित निकालेको हो ।
लियोनल मेस्सीका बारेमा गरेको टिप्पणीलाई लिएर बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएम्यानले क्लबका अन्तरिम अध्यक्ष कार्लोस तुस्क्वेट्स को आलोचना गरेका छन् ।
केही दिनअघि मेस्सीलाई गएको समरमै क्लबबाट जान दिनु पर्ने बताएका थिए । मेस्सीलाई बेच्दा आउने पैसा क्लबका लागि महत्वपूर्ण हुने भएकाले उनलाई जान दिएको भए हितमा हुने उनले बताए ।
मेस्सीले गएको समरमा क्लब छोड्न चाहेका थिए, तर बार्सिलोनाले उनलाई सम्झौतामा रहेका नियमहरु भन्दै जान दिएन । उनी यो सिजनको अन्त्यमा बार्सिलोनासँगको सम्झौताबाट मुक्त हुने छन् ।
क्लब बाहिर हुने टिप्पणीहरुको वास्ता नगर्ने भए पनि क्लब भित्रैबाट आउने टिप्पणीहरुले भने सहयोग नगर्ने प्रशिक्षक रोनाल्डले बताएका छन् । मेस्सीको भविष्यबारे निर्णय गर्ने व्यक्ति मेस्सी स्वयम् नै रहेको र त्यसबारे अरुले बोल्नु राम्रो नहुने प्रशिक्षकले बताएका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।