फाईल तस्बिर
काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा हार्ने निश्चित भएपछि डोनाल्ड ट्रम्प निर्वाचनमा धाँधली भएको आरोप लगाइरहेका छन् । उनले भोटिङ मेसिननै भ्रष्ट भएको र चोरी गरेर बाइडेनलाई निर्वाचन जिताएको आरोप लगाएका छन् ।
ट्रम्पले आइतबार साँझ ट्विट गर्दै यस्तो आरोप लगाएका हुन् । हामी विश्वास गर्छौँ की यी व्यक्तिहरु चोर हुन, ठूलो सहरका मेसिनहरु भ्रष्ट छन्, यो चोरिएको निर्वाचन हो’ ट्रम्पले लेखेका छन्, ‘बेलायतका राम्रा पोलस्टारले आज बिहान लेखेका थिए, स्पष्ट रुपमा यो चोरिएको निर्वाचन हो ।’
ओबामाले पनि अग्रता बनाउन नसकेका ठूला राज्यमा बाइडेनले जित हात पार्नु असम्भव कुरा भएको दावी ट्रम्पले गरेका छन् । निर्वाचनमा पराजित हुने सम्भावना देखिएदेखि नै ट्रम्पले षडयन्त्रपूर्वक आफूलाई हराउन खोजिएको आरोप लगाउँदै आएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।