मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिमार्फत समाधानमा जोड

पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिमार्फत समाधानमा जोड

मेगा खबर संवाददाता

८, श्रावण २०८३
  • 322
    SHARES

  • पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिमार्फत समाधानमा जोड

    काठमाडौं, नेपाल सरकारले पश्चिम एसियामा चर्किएको द्वन्द्वबारे आफ्नो धारणा यथावत रहेको बताउँदै वार्ता र कूटनीतिक माध्यमबाट स्थायी समाधान खोज्नुपर्नेमा जोड दिएको छ ।

    शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले शान्ति सम्झौताको पालना नहुँदा द्वन्द्व थप चर्किएको उल्लेख गर्दै त्यसको प्रभाव विश्वव्यापी रूपमा परेको र नेपाल पनि त्यसबाट अछुतो नरहेको बताए । उनका अनुसार द्वन्द्वले नेपालको अर्थतन्त्रमा समेत असर पारेको छ ।

    नेपाल सरकारले होर्मुज जलमार्ग सञ्चालनमा ल्याउन भइरहेका अन्तर्राष्ट्रिय प्रयासलाई समर्थन गरेको पनि उनले जानकारी दिए । साथै,उक्त क्षेत्रमा रहेका नेपाली नागरिक हाल सुरक्षित रहेको र कुनै समस्या परे सम्बन्धित नेपाली नियोग वा ‘मोफा मित्र’ एपमार्फत सम्पर्क गर्न आग्रह गरे ।

    पत्रकार सम्मेलनमा दक्षिणपूर्वी एसियाका विभिन्न देशमा सञ्चालित अनलाइन स्क्याम सेन्टरबाट नेपालीहरूको उद्धारबारे पनि जानकारी दिइयो । मन्त्रालयका अनुसार थाइल्यान्ड, कम्बोडिया, लाओस र म्यानमारका सीमा क्षेत्रमा रहेका स्क्याम सेन्टरबाट हालसम्म ८६० जना नेपालीको उद्धार गरिएको छ ।

    त्यस्तै, कम्बोडियाको जेलमा रहेका ४९ जना नेपालीको रिहाइका लागि नेपाली दूतावासमार्फत आवश्यक पहल भइरहेको मन्त्रालयले जनाएको छ ।

    प्रवक्ता क्षेत्रीले स्क्याम सेन्टरमा काम गर्न नेपाली पठाउने कार्य गैरकानुनी भएको उल्लेख गर्दै त्यस्ता गतिविधिमा संलग्न व्यक्तिविरुद्ध कानुनबमोजिम कारबाही हुने चेतावनी दिए। उद्धारका नाममा कसैले रकम असुलेमा सम्बन्धित निकायलाई जानकारी गराउन पनि उनले आग्रह गरे ।

    यसैबीच, कोलकाता–विराटनगर कार्गो रेल सेवा साउन १ गतेदेखि सञ्चालनमा आएको जानकारी दिँदै मन्त्रालयले यसबाट नेपालको व्यापार तथा व्यवसायमा सकारात्मक प्रभाव पर्ने अपेक्षा व्यक्त गरेको छ । साथै, उपराष्ट्रपति रामसहायप्रसाद यादवको हालै सम्पन्न कतार भ्रमणबारे पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

    शुक्रवार, श्रावण ८ २०८३०३:४३:२८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार