मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

आयातनिर्यात दुवै बढ्दा व्यापार घाटा पनि उच्च

आयातनिर्यात दुवै बढ्दा व्यापार घाटा पनि उच्च

  • 343
    SHARES

  • आयातनिर्यात दुवै बढ्दा व्यापार घाटा पनि उच्च

    काठमाडौँ, मुलुकमा आयातनिर्यात दुवै बढेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२८३ को ११ महिनामा आयात १५.१६ प्रतिशतले बढेर १८ खर्ब ९४ अर्ब ९८ करोड ८७ लाख रुपियाँ भएको छ । गत वर्ष सो अवधिमा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख रुपियाँको आयात भएको थियो । यस्तै ११ महिनामा निर्यात १२.२८ प्रतिशतले बढेर दुई खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख रुपियाँ पुगेको छ । 

    गत वर्ष सो अवधिमा दुई खर्ब ४७ अर्ब ५७ करोड तीन लाख रुपियाँ रहेको थियो । ११ महिनामा व्यापारघाटा १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब १३ करोड १६ लाख पुगेको छ । गत वर्ष सो अवधिमा १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख रुपियाँ पुगेको छ ।

    यस वर्ष कुल वैदेशिक व्यापार १४।७८ प्रतिशतले बढेर २१ खर्ब ७२ अर्ब ६६ करोड १३ लाख पुगेको छ । गत वर्ष सो अवधिमा १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख रहेको थियो । आयातनिर्यात दुवै बढ्दा वैदेशिक व्यापारमा समेत उच्च वृद्धि भएको हो ।

    विभागका अनुसार ११ महिनामा सबैभन्दा धेरै दुई खर्ब ९७ अर्ब १४ करोड ४४ लाख रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यस्तै एक खर्ब १९ अर्ब ६३ करोड २० लाख रुपियाँ बराबरको भटमासको कच्चा पदार्थ र ५५ अर्ब ९३ करोड ३७ लाख रुपियाँको खाद्यान्न आयात भएको छ । सो अवधिमा मुलुकबाट सबैभन्दा धेरै भटमासको तेल निर्यात भएको छ । ११ महिनामा एक खर्ब २२ अर्ब ८६ करोड ६३ लाख रुपियाँ बराबरको भटमासको तेल निर्यात भएको छ । व्यवसायीले तेस्रो मुलुकबाट कच्चा आयात गरी प्रशोधन गरेर भटमासको निर्यात गर्ने गरेका छन् । 

    यस्तै १२ अर्ब एक करोड रुपियाँ बराबरको अलैँची निर्यात भएको छ जुन गत वर्षको वार्षिक निर्यातभन्दा झन्डै दोब्बर धेरै हो । गत वर्ष कुल सात अर्ब ६८ करोड रुपियाँको अलैँची निर्यात भएको थियो ।

    यस्तै नौ अर्ब ३८ करोड बराबर कार्पेट निर्यात भएको छ । सात अर्ब ९९ करोडको सूर्यमुखी तेल निर्यात भएको तथ्याङ्क छ । छ अर्ब १४ करोड रुपियाँ बराबरको पाम आयल निर्यात भएको तथ्याङ्क छ । 

    ११ महिनामा सबैभन्दा धेरै भारतबाट १० खर्ब ९२ अर्ब २२ करोड ४४ लाख रुपियाँको आयात हुँदा त्यहाँ दुई खर्ब २८ अर्ब १३ करोड १८ लाख रुपियाँको निर्यात भएको छ । भारतबाट आयात धेरै भए पनि निर्यात कम हुँदा आठ खर्ब ६३ अर्ब ८९ करोड ५९ लाख रुपियाँ व्यापार घाटा रहेको छ । 

    यस्तै चीनबाट तीन खर्ब ८२ अर्ब २४ करोड ९६ लाख रुपियाँ आयात हुँदा नेपालबाट १५ खर्ब ९४ करोड ४४ लाख रुपियाँको निर्यात भएको छ । चीनसँग आयातको तुलनामा निर्यात न्यून हुँदा तीन खर्ब ८० अर्ब ६५ करोड ५१ लाख रुपियाँ व्यापारघाटा रहेको छ । मुलुकको विभिन्न १५८ मुलुकसँग वैदेशिक व्यापार रहेको छ । गोरखापत्र अनलाइन

    मंगलवार, आषाढ ९ २०८३०८:४७:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार