बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

इरान विरुद्धको युद्धमा अमेरिकाले १५ दिन नपुग्दै खर्चियो १२ अर्ब डलर

इरान विरुद्धको युद्धमा अमेरिकाले १५ दिन नपुग्दै खर्चियो १२ अर्ब डलर

मेगा खबर संवाददाता

२, चैत्र २०८२
  • 715
    SHARES

  • इरान विरुद्धको युद्धमा अमेरिकाले १५ दिन  नपुग्दै खर्चियो १२ अर्ब डलर

    काठमाडौँ, इजरायलसँग मिलेर इरानमाथि आक्रमण सुरु गरेको १५ दिन नपुग्दै अमेरिकाले १२ अर्ब अमेरिकी डलर खर्च गरिसकेको छ ।

    ह्वाइट हाउसका मुख्य आर्थिक सल्लाहकार केभिन ह्यासेटले फेब्रुअरी २८ देखि सुरु भएको यो सैन्य कारबाहीमा अहिलेसम्म सो परिमाणको रकम खर्च भएको पुष्टि गरेका हुन् । 

    मध्यपूर्वमा चर्किएको यो द्वन्द्वले अमेरिकी अर्थतन्त्रमा पार्न सक्ने असरलाई लिएर चौतर्फी चिन्ता व्यक्त भइरहेका बेला सरकारको तर्फबाट यो आधिकारिक तथ्यांक बाहिर आएको हो ।

    सल्लाहकार ह्यासेटले ठुलो रकम खर्च भए पनि यसले अमेरिकी अर्थतन्त्रलाई खासै असर नगर्ने दाबी गरेका छन् । 

    सोमवार, चैत्र २ २०८२०७:४८:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार