बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

फिलिपिन्समा शक्तिशाली आँधी, जनजीवन तहसनहस

फिलिपिन्समा शक्तिशाली आँधी, जनजीवन तहसनहस

मेगा खबर संवाददाता

१७, कार्तिक २०७७
  • 3.1K
    SHARES

  • फिलिपिन्समा शक्तिशाली आँधी, जनजीवन तहसनहस

    काठमाडौं । फिलिपिन्समा २२५ किलोमिटर प्रतिघन्टाको आँधी ‘गोनी’ ले जनजीवन तहसनहस पारेको छ । आँधीका कारण भारी वर्षा भएको छ भने तीव्र गतिको हावाका कारण जनजीवन अस्तव्यस्त भएको छ । आँधीका कारण हालसम्म चार जनाले ज्यान गुमाएका छन् भने धेरै मानिस घरबारविहीन भएका छन् ।

    बाढीले सडक क्षतिग्रस्त बनाउँदा यातायात अवरुद्ध भएको छ । मौसम विभागका अनुसार स्थानीय समयअनुसार बिहान ४.५० बजे कैटेंडुनस टापुबाट आँधी सुरु भएको थियो । यसपछि यो मुख्यद्विप  लुजोनसम्म पुगेको थियो । राजधानी मनिला लुजोनमा पर्दछ । 

    आँधी आएपछि करिब ७० हजार मानिसको बसोबास रहेको सहर बिराक सम्पर्कविहीन भएको छन् । मौसम विभागले आफ्नो बुलेटिनमा भारीमात्रामा वर्षा, बाढी र पहिरो आउने चेतावनी दिएको छ । सामाजिक सञ्जालमा टिनका छानाहरु उडिरहेको तस्बिर र भिडियोहरु शेयर भइरहेका छन । स्थानीय प्रशासनले विद्युत्त आपूर्ति बन्द गरेको छ । तस्बिरमा आँधीले सडकहरु ध्वस्त भएको देखिन्छ । 

    आँधीमा परि ज्यान गुमाउनेमा अलबाय प्रान्तका एक पाँच वर्षका बच्चासमेत छन् । दुई जना पानीमा डुवेको खबर छ भने एक जनाको वाढीमा वगेर मृत्यु भएको छ । त्यस्तै एक जनाको रुख ढलेर लागेर मृत्यु भएको हो । फिलिपिन्समा गोनी आँधीलाई रोलीको नामले चिनिन्छ । फिलिपिन्समा २०१३मा यस्तै तुफान हेयान आएको थियो । त्यसयताको यो शक्तिशाली भएको मानिएको छ । हेयानले फिलिपिन्समा ६००० मानिसको ज्यान लिएको थियो । 

    कोरोना महामारीले जटिल अवस्था भएको समयमा शक्तिशाली आँधी आएको हो । फिलिपिन्समा हालसम्म ३ लाख ८० हजार ७ सय ३९ जना कोरोना संक्रमित भएका छन् भने ७ हजार २ सय २१ जनाको मृत्यु भएको छ। हालसम्म आँधीप्रभावित ३ लाख ४७ हजार मानिसलाई सुरक्षित रुपमा उद्दार गरिएको छ । एजेन्सी

    सोमवार, कार्तिक १७ २०७७०९:२८:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार