बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

टर्कीमा शक्तिशाली भूकम्पमा परी २२ को मृत्यु, कैयौँ बेपत्ता, उद्धार कार्य जारी

टर्कीमा शक्तिशाली भूकम्पमा परी २२ को मृत्यु, कैयौँ बेपत्ता, उद्धार कार्य जारी

मेगा खबर संवाददाता

१५, कार्तिक २०७७
  • 2.4K
    SHARES

  • टर्कीमा शक्तिशाली भूकम्पमा परी २२ को मृत्यु, कैयौँ बेपत्ता, उद्धार कार्य जारी

    एजेन्सी । टर्कीमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परेर २२ जनाको मृत्यु भएको छ । टर्कीको इज्मिर प्रान्तमा केन्द्रविन्दु भएर ६ दशमलव ६ म्याग्निच्यूटको भूकम्प गएको बताइएको छ । 

    सबैभन्दा बढी क्षति इज्मिरको एइजिन रिसोर्ट क्षेत्रमा भएको बताइएको छ, जहाँ ३० लाख मानिस बसोबास रहेको छ । यद्यपि, हालसम्म कति जना पुरिएका छन् भन्नेबारे स्पष्ट संख्या आइसकेको छ । 

    टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्दोगनले टेलिभिजनमार्फत सम्बोधन गर्दै भूकम्पमा परेर मृत्यु हुनेहरुको पुष्टि गरेका छन् । उनले १७ वटा भवन क्षतिग्रस्त भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताएका छन् ।

    उनले घाइतेहरुको उपचार र भग्नावशेषहरु पन्छाउनका लागि सुरक्षा अधिकारीहरुलाई निर्देशन दिइएको बताए । भूकम्पका कारण करिब दुई हजार सर्वसाधारण घरबार बिहीन भएको जनाइएको छ ।

    भूकम्प पछि भवनहरु क्षतिग्रस्त हुँदा तीस लाखभन्दा बढी जनसंख्या भएको टर्कीको तेस्रो ठूलो सहर इज्मिरका सर्वसाधारण खुला स्थानमा टेन्ट टाँगेर बसेको बताइएको छ ।

    उद्धारमा खटिएकाहरुले ७० जनालाई फोहोरको थुप्रोमा पुरिएको अवस्थामा उद्धार गरेका छन् । भूकम्पलगत्तै समूद्रमा बाढी आएकाले केही माझीहरुसमेत बेपत्ता भएको बताइएको छ ।

    गत जनवरीमा पनि टर्कीमा आएको भूकम्पका कारण ३० जनाको मृत्यु भएको थियो भने १६ सय भन्दा बढी घाइते भएका थिए । यस्तै सन् २०१९ को जुलाइपछि आएको यो सबैभन्दा शक्तिशाली भूकम्प रहेको अधिकारीहरुले बताएका छन् ।

    शनिवार, कार्तिक १५ २०७७०८:१५:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार