बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

हमासले कब्जामा लिएका बन्धकहरू आज रिहा हुँदै (सूची)

हमासले कब्जामा लिएका बन्धकहरू आज रिहा हुँदै (सूची)

मेगा खबर संवाददाता

२७, आश्विन २०८२
  • 889
    SHARES

  • हमासले कब्जामा लिएका बन्धकहरू आज रिहा हुँदै (सूची)

    हमासले दुई वर्षअघि कब्जामा लिएका बन्धकहरू सोमबार रिहा हुने भएका छन् ।

    इजरायली सेनाका एक अधिकारीले बन्धक हस्तान्तरणका लागि भइरहेको तयारीबारे जानकारी दिएका छन् । अधिकारीका अनुसार बन्धकहरूलाई हस्तान्तरण गर्ने प्रक्रिया यस वर्षको सुरुमा भएको कार्यजस्तै रहनेछ ।

    यसका लागि निम्न चार चरणको प्रक्रिया तयार गरिएको छ:

    १, रेडक्रसको हस्तान्तरण:

    बन्धकहरूलाई इन्टरनेसनल कमिटी अफ द रेड क्रसमार्फत एक विशेष इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) टोलीलाई हस्तान्तरण गरिनेछ ।

    २, सैन्य आधारमा पुर्‍याइने: 

    उक्त टोलीले बन्धकहरूलाई दक्षिणी इजरायलमा रहेको रेइम सैन्य आधारमा पुर्‍याउनेछ ।

    ३, पारिवारिक भेटघाट: 

    परिवारका सदस्यहरू बन्धकहरूको स्वागतका लागि विभिन्न स्वागत केन्द्रहरूमा पर्खिरहेका हुनेछन् ।

    ४,अस्पतालतर्फ: 

    भेटघाटपछि बन्धकहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत अस्पतालहरूमा लगिनेछ ।

    ती अधिकारीले भनेका छन्, ‘यदि कसैलाई तत्काल चिकित्सकीय आवश्यकता परेमा, उनीहरूलाई स्वागत केन्द्र (रिसेप्सन कम्पाउन्ड)मा नरोकी सीधै अस्पतालमा पुर्‍याइनेछ ।

    इजरायली जेलबाहिर रेडक्रसका बसहरू

    अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी)का बसहरू इजरायली सैन्य जेल ओफरबाहिर लाइन लागेर बसेका छन् । 

    यी हुन् आज छुट्ने २० बन्धक- 

    लक्स्मि बन्क्
    १, बार अब्राहम कुपरस्टाइन
    २, एव्यातार डाभिड
    ३, योसेफ–खाइम ओहाना
    ४, सेगेभ काल्फोन
    ५, अविनातान ओर
    ६, एल्काना बोहबोट
    ७, म्याक्सिम हर्किन
    ८, निम्रोड कोहेन
    ९, मतान एङ्ग्रेस्ट
    १०, मतान जाङ्गाउकर
    ११, एतान हर्न
    १२,एतान अब्राहम मोर
    १३, गाली बर्मन
    १४,जिभ बर्मन
    १५। ओम्री मिरान
    १६, अलोन ओहेल
    १७, गाय गिल्बोआ–डालाल
    १८, रोम ब्रासलाभ्स्की
    १९, एरियल कुनियो
    २०, डाभिड कुनियो

    सोमवार, आश्विन २७ २०८२११:०२:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार