काठमाडौं । विश्वमा मंगलबार बिहानसम्ममा तीन करोड २१ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् ।
मंगलबार हालसम्म तीन करोड २१ लाख ६२ हजार ७५ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
विश्वमा चार करोड ३७ लाख ६८ हजार ६० जना कोरोनाबाट संक्रमित भएका छन् ।
संक्रमितमध्ये ११ लाख ६४ हजार दुई सय २७ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म ८९ लाख ६० हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित बनेका छन् ।
यहाँ हाल २९ लाख ६ हजार ६ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ३१ हजार ३७ जना पुगेको छ ।
भारतमा हालसम्म ७९ लाख ४५ हजारभन्दा बढी मानिसमा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये ७१ लाख ९८ हाजरभन्दा बढी निको भइसकेका छन् ।
यहाँ हाल ६ लाख २७ हजार ६ सय ३८ जना सक्रिय संक्रमित छन् । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख १९ हजार पाँच सय ३५ पुगेको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ५९ हजार आठ सय ३० पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या ४३ हजार दुई सय ९३ रहेको छ । संक्रमितमध्ये नेपालमा एक लाख १५ हजार ६ सय ७५ जना निको भइसकेका छन् भने आठ सय ६२ जनाको मृत्यु भइसकेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।