युक्रेनले आइतबार रुससँगको युद्धमा हालसम्मकै सबैभन्दा ठुलो लामो दुरीको आक्रमण सम्पन्न गरेको दाबी गरेको छ ।
यस आक्रमणमा, युक्रेनी सुरक्षा निकाय एसबीयूले ‘स्पाइडर्स वेब’ नाम दिइएको अभियानमा ११७ वटा ड्रोन प्रयोग गरी,४ वटा रुसी सैन्य हवाई अड्डाहरूमा आक्रमण गरेको जनाएको छ ।
राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले उक्त आक्रमणमा रुसका ४० वटा युद्धविमानहरूलाई निशाना बनाइएको जानकारी दिए । यसले रुसका ३४ प्रतिशत रणनीतिक क्रूज मिसाइल क्यारियरहरूलाई असर पुर्याएको उनले दाबी गरे ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।