काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ बस्तुमाथि थप अतिरिक्त भन्सार शुल्क लागू गरेपछि फेरि बजारमा गिरावट देखिएको छ ।
मंगलबार पहिलो प्रहरमा वित्तीय बजारमा भारी गिरावट आएकामा ह्वाइट हाउसले चीनमाथि थप ट्यारिफको पुष्टि गर्नासाथ फेरि बजार ओरालो लागेको हो । ह्वाइट हाउसले केही चिनियाँ बस्तुमाथि १०४ प्रतिशत ट्यारिफ लगाएको पुष्टि गरेको बीबीसीले जनाएको छ । यो ट्यारिफको पुष्टिअघि ट्रम्पले आफ्नो योजनाको उच्च प्रशंसा गरेका थिए ।
उनले आफ्नो ‘विस्फोटक’ ट्यारिफको प्रशंसा गर्दै अमेरिकाको लागि यो नै उचित रहेको प्रतिक्रिया दिए । बेइजिङले प्रतिशोधात्मक भन्सार शुल्क फिर्ता लिन ट्रम्पले दिएको समय सीमा उल्लंघन गरेको आरोप वासिंटनले लगाएको छ ।
वुधबार रातीदेखि सर्बत्र लागू हुने ट्रम्पको आयातकर योजनाका कारण ६० मुलुक प्रभावित हुने बताइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।