हैदराबाद । भारतको तेलंगाना राज्यमा अत्यधिक बर्षापछिका घटनामा परी थप कम्तीमा १२ जनाको मृत्यु भएको छ ।
राज्यका विभिन्न ठाउँमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।
चन्द्रयाँगुत्ता प्रहरी कार्यालयको दुई ओटा पर्खाल भत्किएर भएको दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । त्यसैगरी एक जना ४० बर्षीया महिला र उनकी छोरीको इब्राहिमपत्नाममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको आफ्नै घरको छतले च्यापिएर मृत्यु भएको हो ।
प्रहरी अधिकारीहरुले प्रदेशका धेरै ठाउँमा घर तथा पर्खाल भत्कीने, बाढी पहिरो जानेलगायतका घटनाहरु भएको जनाएका छन् । ती घटनाहरुमा परी अरु धेरै मानिस घाइते भएको विवरणहरु प्राप्त भइरहेको पनि प्रहरी अधिकारीहरुले बताएका छन् ।
घटनामा परेकाहरुको उद्धार तथा सहयोगका लागि हैदरावाद लोक सभाका सदस्य असादुद्दीन ओवैसीले अनुगमन गरिरहनु भएको जनाइएको छ । प्रहरी र उद्धारकर्ताहरुले बाढी, पहिरोलगायतका घटनाका कारण प्रभावित र विस्थापितहरुलाई विभिन्न ठाउँमा स्थानान्तरण गरेका छन् ।
प्रदेशभरीमा औसतमा ९८.९ मिलिमिटर पानी परेको मौसम विज्ञान विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।