काठमाडौँ, भियतनाममा यागी नामक शक्तिशाली आँधीपछि आएको बाढीपहिरोले कम्तिमा ६५ जनाको मृत्यु भएको छ ।
विपद व्यवस्थापन निकायले आज जारी गरेको सूचना अनुसार मृतकको संख्या ६५ पुगेको र ३९ जना अझै पनि बेपत्ता रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । धेरै जनाको मृत्यु बाढी-पहिरोमा परी भएको समाचारमा उल्लेख छ ।
बाढीपहिरोमा परी ७५२ जना घाइते छन् । आँधीपछि उत्तरी भियतनाममा पर्ने राजधानी हानोईसहित विभिन्न ठाउँमा थप बाढी समेत आउने भन्दै निकायले आज सूचना जारी गरेको हो । उत्तरी भेयतनाममा रहेका थुप्रै नदीहरूमा बहाव बढेर रेड अलर्ट देखाएको छ । धेरैले गाउँ र आवासीय क्षेत्र छाडिसकेको पनि विपद व्यवस्थापन निकायले जनाएको छ ।
।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।