बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

इजरायलका लागि ८०० केयरगिभर माग

इजरायलका लागि ८०० केयरगिभर माग

मेगा खबर संवाददाता

११, आषाढ २०८१
  • 664
    SHARES

  • इजरायलका लागि ८०० केयरगिभर माग

    काठमाडौं,   इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि आवेदन आह्वान गरिएको छ । वैदेशिक रोजगार विभागले ८०० जना केयरगिभरका लागि आवेदन आह्वान गरेको हो । 

    सूचना प्रकाशित भएको मितिले २१ दिनभत्रमा अनलाइन मार्फत आवेदन दिन सकिनेछ । त्यसका लागि २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको,कम्तीमा १.५ मिटर उचाइ र ४५ किलोग्राम तौल भएको,कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पुरा गरेको वा प्लस टु वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभर सम्बन्धी तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ ।

    विगतमा इजरायल गई कार्य नगरेको,बाबु,आमा,पति,पत्नी,छोरा,छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको,शारीरिक र मानसिक रुपमा स्वस्थ रहेको हुनुपर्ने योग्यता तोकिएको छ । 

    1

    मंगलवार, आषाढ ११ २०८१०९:४२:०१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार