बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

अफगानिस्तानका अन्य क्षेत्रमा पनि बाढी,५० जनाको मृत्यु

अफगानिस्तानका अन्य क्षेत्रमा पनि बाढी,५० जनाको मृत्यु

  • 724
    SHARES

  • अफगानिस्तानका अन्य क्षेत्रमा पनि बाढी,५० जनाको मृत्यु

    काठमाडौँ, जेठ ६ गते, अफगानिस्तानका अन्य क्षेत्रमा बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ । अफगानिस्तानको मध्य क्षेत्रमा भारी वर्षा भएको अधिकारीहरूले बताएका छन् ।

    भारी वर्षाका कारण पानीको सतह एक्कासि बढेको र धेरै मानिस बेपत्ता भएको अधिकारीहरूको भनाई छ । बाढीका कारण हजारौँ जनावर मरेका छन् भने दुई हजारभन्दा बढी घर ध्वस्त भएको अधिकारीहरूले बताए ।

    गत हप्ता अफगानिस्तानको उत्तरी क्षेत्रमा बाढी आएको थियो र तीन सयभन्दा बढीको मृत्यु भएको थियो । अविरल वर्षाका कारण कृषिमा पनि क्षति पुगेको छ ।

    आइतवार, जेठ ६ २०८१०९:४५:२१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार