बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

चीनले नेपाली नागरिकबाट भिसा शुल्क नलिने निर्णय

चीनले नेपाली नागरिकबाट भिसा शुल्क नलिने निर्णय

मेगा खबर संवाददाता

१६, बैशाख २०८१
  • 727
    SHARES

  • चीनले नेपाली नागरिकबाट भिसा शुल्क नलिने निर्णय

    काठमाडौँ, वैशाख १६ गते, चीनले नेपाली नागरिकबाट भिसा शुल्क नलिने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार मे १ बाट चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने निर्णय गरेको हो ।

    नेपालका लागि चाइनिज राजदूत चेन सोङले नेपाल र चीन बिचको मित्रता प्रवर्द्धन गर्न र सेवा आदानप्रदानलाई थप सहज बनाउनका लागि यो निर्णय लिएको बताए । नेपालले सन् २०१६ देखि चिनियाँ पर्यटकका लागि भिसा निःशुल्क गरेको छ । चीनले पनि भिसा निःशुल्क गर्नुपर्ने भन्दै नेपालको तर्फबाट पटक पटक प्रयास भएको थियो । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा गएका बेला यो विषयमा छलफल भएको थियो । परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमणमा गएका बेला यो विषयलाई टुङ्गो लगाएर थिए ।

    उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा नेपाली पर्यटकका लागि भिसा निःशुल्क गर्न आग्रह गरेका थिए । चैत १३ गते लगानी सम्मेलनको तयारीका लागि चीनमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ पर्यटकका लागि फ्री भिसा लागू गरिएका कारण लगानी गर्न सजिलो हुने बताए ।उनले सो कार्यक्रममा चीनले पनि नेपालका लागि भिसा फ्री गर्नुपर्ने धारणा राखेका थिए ।

     

     

     

    आइतवार, बैशाख १६ २०८१०४:१९:१५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार