काठमाडौँ, चैत १५ गते, अमेरिकामा भएको सवारी दुर्घटनामा एक नेपाली महिलाको मृत्यु भएको छ । मेरिल्याण्डमा दुई सवारी आपसमा ठोक्किँदा पार्वती रेग्मी पौडेलको मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
४६ वर्षीया पौडेल अमेरिकाको भर्जिनिया राज्यको हर्नडन शहरमा परिवारसहित बस्दै आएकी थिइन् । पति सन्दीप पौडेल,छोरा शिशिर र छोरी शिवानीसहित उनी अमेरिकामा बस्दै आएकी थिइन् ।
गत आइतबार भएको दुर्घटनामा अन्य ४ जना घाइते भएका अधिकारीहरुले बताएका छन् । घाइते हुनेमा पौडेलका आफन्त पनि छन् । पौडेलको उपचारको क्रममा मृत्यु भएको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।