बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

आगलागीबाट दक्षिण कोरियामा २२७ पसल जलेर नष्ट

आगलागीबाट दक्षिण कोरियामा २२७ पसल जलेर नष्ट

  • 775
    SHARES

  • आगलागीबाट दक्षिण कोरियामा २२७ पसल जलेर नष्ट

    काठमाडौँ,  माघ ९ गते,  दक्षिण कोरियाको दक्षिणपश्चिम क्षेत्रस्थित आगलागीमा एउटा समुद्री उत्पादन बजारमा भएको २२७ पसल जलेर नष्ट भएका छन् ।

    आगलागीमा कुनै मानवीय क्षति भने नभएको योनहाप समाचार एजेन्सीले अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै मङ्गलबार जनाएको छ । राति करिब ११ः०८ बजे आगलागी भएको थियो । राजधानी सियोलबाट लगभग १७० किलोमिटर दक्षिणमा रहेको काउन्टीको परम्परागत समुद्री उत्पादन बजारमा आगलागी भएको हो ।

    तीव्र हावा र बजारको खचाखच भरिएको संरचनाका बिच दमकललाई आगो निभाउन करिब नौ घण्टा लागेको थियो । बजारका २९२ पसलमध्ये २२७ पसल जलेर नष्ट भएका छन् । आगलागी हुँदा बजारमा कोही मानिस नभएकाले मानवीय क्षति भने भएको छैन ।

    मंगलवार, माघ ९ २०८००२:२६:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार