शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

नेपाल र ओमानबीच छिट्टै श्रम सम्झौता हुने

नेपाल र ओमानबीच छिट्टै श्रम सम्झौता हुने

मेगा खबर संवाददाता

१२, आश्विन २०७७
  • 1.9K
    SHARES

  • नेपाल र ओमानबीच छिट्टै श्रम सम्झौता हुने

    फाईल तस्बिर

    काठमाडौं । ओमानका लागि  नेपाली राजदूत शर्मिला पराजुली र त्यहाँका श्रममन्त्री डा. महद बिन सइद बिन अलि बाउइनले दुई देशबीच हुने तयारीमा रहेको श्रम सम्झौताको हालसम्मको प्रगतिको प्रशंसा गरेका छन् ।

    दुवै पक्षले आजको भेटमा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ । सो अवसरमा ओमानी श्रममन्त्रीले नेपाली कामदारको प्रशंसा गर्दै आगामी दिनमा तिनको सङ्ख्या बढाउने गरी अझै बढी सहकार्य गर्न इच्छुक रहेको बताए । 

    राजदूत पराजुलीले सन् २०२० को शुरुमा नेपालको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिद्वारा ओमानलगायत खाडी राष्ट्रको स्थलगत अवलोकन गरी पेश गरेको ओमानसम्बन्धी प्रतिवेदनका बारेमा पनि जानकारी गराएका थिए । 

    सोमवार, आश्विन १२ २०७७०४:०६:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार