काठमाडौँ, जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ ।
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको हो । सुनामीको चेतावनी जारी भएपछि इशिकावा भन्ने स्थानका समुद्री किनारका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण सुरु गरिएको छ ।
जापानको मौसम विभागले यहाँ पाँच मिटरसम्म अग्लो समुद्री छाल उठ्ने र त्यसले क्षति पुर्याउन सक्ने चेतावनी दिएको छ ।इशिकावाको शुजु शहरमा केही घर र विजुलीका पोलहरू ढलेको जापानका सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ ।यसैगरी निगाता र टोया क्षेत्र पनि सुनामीबाट प्रभावित हुने अनुमान छ ।
यी क्षेत्रमा तीन मिटरसम्म उचाइको लहर उठ्ने बताइएको छ । जापानको सबैभन्दा ठूलो आणविक ऊर्जा अपरेटर कान्साई इलेक्ट्रिक न्युक्लियर प्लान्टहरुमा भने भूकम्पले क्षति नपुर्याएको बीबीसीले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।