बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १३० पुग्यो

चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १३० पुग्यो

  • 796
    SHARES

  • चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १३० पुग्यो

    काठमाडौँ, पुस ४ गते, उत्तरी चीनमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १३० पुगेको छ । ७०० भन्दा धेरै घाइते भएका छन् ।

    नेपाली समय अनुसार मंगलबार कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले कान्सु र छिङहाइ प्रान्तमा क्षति पुगेको छ । पिपुल्स डेली अफ चाइनाले भूकम्पमा परी १३० जनाको मृत्यु भएको जनाएको छ ।

    भूकम्पका कारण भवनहरु भत्किएका छन् । भग्नावशेष मानिसहरु पुरिएको हुनसक्ने भएकाले तालिम प्राप्त कुकुरको सहयोगमा खोजी तथा उद्धार कार्य जारी छ । भूकम्पका कारण सडक,सञ्चार,बिजुली र खानेपानी आपूर्तिमा पनि क्षति पुगेको छ ।

    भूकम्प प्रभावित पहाडी क्षेत्रको न्यूनतम तापक्रम माइनस १० डिग्री सेल्सियससम्म रहे पनि खोज तथा उद्धारको काम तीव्रताका साथ भइरहेको पिपुल्स डेलीको अनलाइन संस्करणले जनाएको छ ।

    बुधवार, पौष ४ २०८०११:४५:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार