बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या पुग्यो १११

चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या पुग्यो १११

  • 802
    SHARES

  • चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या पुग्यो १११

    काठमाडौँ, पुस ३ गते, उत्तर पश्चिम चीनको गान्सु प्रान्तमा सोमवार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी गान्सु र छिमेकी छिङहाइ प्रान्तमा १११ जनाको मृत्यु भएको स्थानीय भूकम्प राहत मुख्यालयले जनाएको छ ।

    चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार राति ११ बजेर ५९ मिनेटमा भूकम्प गएको हो । यसको केन्द्रबिन्दु १० किलोमिटरको गहिराइमा रहेकाे बताइएको छ । भूकम्पले घर,सडक र अन्य पूर्वाधारमा क्षति पुर्‍याएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    गाउँमा विद्युत् र खानेपानी अवरुद्ध भएको छ । प्रान्तीय अग्नि तथा उद्धार विभागले ८८ दमकल,१२ खोज तथा उद्धार कुकुर, १० हजार भन्दा बढी उपकरणसहित ५८० उद्धारकर्ता विपद् क्षेत्रमा पठाएको छ । 

    मंगलवार, पौष ३ २०८०११:४०:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार