काठमाडौँ, पुस २ गते, रोजगारीको सिलसिलामा मलेसियामा काम गर्दै आएका झापा शिवसताक्षी–३ का धनबहादुर प्रधानको हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।
गत मंसिर २५ गते एउटै कम्पनीमा कार्यरत एक नेपालीले हत्या गरेर नेपालतर्फ फरार भएको भन्ने सूचनाका आधारमा प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो । प्रहरीले महोत्तरीको गौशाला नगरपालिका–५ का अनिल कुमार साहलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार ती व्यक्ति आफ्नो हुलिया परिवर्तन गरेर हिमालयन एयरलाइन्सबाट नेपाल आएका थिए । मृतक प्रधानकी श्रीमतिले दिएको जाहेरीमा जिल्ला अदालत काठमाडौँमा मुद्दा समेत दर्ता भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।