काठमाडौँ, रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौडाकी हिराकुमारी चोखालको सकुशल उद्धार भएको छ ।
आकर्षक तलबको प्रलोभनमा परेर भारत हुँदै कुवेत पुगेकी ३३ वर्षीया चोखालले आफूमाथि चरम श्रम शोषण भएको भन्दै उद्धारको लागि अनुरोध गरेपछि म्याग्दी प्रवासी नेपाली सङ्घ मोना कुवेत,मोना अन्तरराष्ट्रिय,गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कुवेतलगायत निजको उद्धार लागेका थिए ।
कुवेतबाट नेपाल फर्किकी चोखाल बुधबार आफ्नो घरमा आइपुगेकी छिन् । खाडीमुलुकमा शोषणमा परे पनि गुहार मागेर सकुशल घर फर्कन सफल भएकी चोखाललाई घरपरिवार र छिमेकीले फूलमाला लगाएर स्वागत गर्दै खुसी बाँडेका थिए ।
करिब आठ महिनाअघि जटिल रोगबाट ग्रसित श्रीमान्को उपचार र छोराछोरीको शिक्षादीक्षाका लागि भारत हुँदै कुवेत पुगेकी चोखाल घरेलु काममा चरम शोषणमा परेकी थिइन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।