बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

दक्षिणी फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प

दक्षिणी फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प

मेगा खबर संवाददाता

१७, मंसिर २०८०
  • 859
    SHARES

  • दक्षिणी फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प

    काठमाडौं, मङ्सिर १७ गते, फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प राति १०ः३७ बजे गएको संस्थानले  जनाएकाे छ ।

    हिनाटुआन शहरको लगभग ३० किलोमिटर उत्तरपूर्वमा २५ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु बनाएर गएको हो । भूकम्प मिन्डानाओ टापु र मध्य फिलिपिन्सका धेरै भागमा महसुस गरिएको थियो ।

    क्षतिको तत्काल कुनै विवरण आएको छैन । संस्थानले २ सयभन्दा बढी परकम्पहरू गएको बताएको छ ।

    आइतवार, मंसिर १७ २०८०११:३६:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार