बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

हमासले दुई पटक बन्धकलाई छाड्यो, विपिनको पालो कहिले आएन ?

हमासले दुई पटक बन्धकलाई छाड्यो, विपिनको पालो कहिले आएन ?

मेगा खबर संवाददाता

१०, मंसिर २०८०
  • 949
    SHARES

  • हमासले दुई पटक बन्धकलाई छाड्यो, विपिनको पालो कहिले आएन ?

    काठमाडौँ,मङ्सिर १० गते  गाजास्थित हमास समूहले कब्जामा लिएका ४१ जनालाई रिहा गरिसकेको छ । पहिलो पटक शुक्रवार हमासले १३ इजरायली,१० थाई र १ फिलिपिनोसहित २४ जनालाई मुक्त गरेको थियो ।

    यसको सट्टामा इजरायलले पनि आफ्ना जेलमा ३९ जना प्यालेस्टिनीलाई छाडेको छ । ६ जना महिला छन् भने बाँकी सबै १८ वर्ष मुनिका छन् । बीबीसीका अनुसार उनीहरू वेस्ट बैंक र जेरुसेलम पुगेका छन् । टीभीले उनीहरूलाई वेस्ट बैंकको बेतुनिया सहरतर्फ बसमा लगिएको देखाएका छन् । यी मानिस उत्सव मनाउँदै बसबाट ओर्लिरहेको देखिएको छ । कतारको मध्यस्थतामा स्थानीय समयानुसार शुक्रबार बिहानदेखि चार दिनका लागि हमास र इजरायलबीच युद्धविराम भएको छ ।

    यस अवधिमा दुवै पक्षले एकअर्काको नियन्त्रणमा रहेका नागरिक रिहा गर्ने सहमति छ । सोबमोजिम उनीहरू रिहा भइरहेका हुन् । हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विपिन जोशी पनि रिहा हुने अपेक्षा गरिएको छ । सरकार र दूतावासले जोशीको रिहाइका लागि अथक प्रयास गरिरहेको छ । त्यो प्रयासले सार्थकता पाउन सकेको छैन ।  हमास समूहले १८ वर्ष मुनीका बालबालिका,वृद्धवृद्धा तथा महिलालाई रिहा गर्ने बताउँदै आएको छ ।

    सोही कारणले उसले त्यही आधारमा रिहा गर्दै आएको छ । हमास समूहले रिहा गरेकाहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस संगठन (आईसीआरसी) का प्रतिनिधिहरूको जिम्मा लगाउँदै आएका छन् । कतारको मध्यस्थतामा इजरायल र हमासबीच चार दिने अस्थायी युद्धविराम भएको थियो । त्यो बीचमा बन्दी रिहा गर्ने सम्झौता भएको थियो । सोही अनुसार हमासले बन्धक बनाएकाहरूलाई रिहा गर्दै आएको छ ।

     

    आइतवार, मंसिर १० २०८०११:२९:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार