बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

भारतीय प्रधानमन्त्रीको सुरक्षामा गइरहेका ६ जना प्रहरीको दुर्घटनामा मृत्यु

भारतीय प्रधानमन्त्रीको सुरक्षामा गइरहेका ६ जना प्रहरीको दुर्घटनामा मृत्यु

मेगा खबर संवाददाता

३, मंसिर २०८०
  • 937
    SHARES

  • भारतीय प्रधानमन्त्रीको सुरक्षामा गइरहेका ६ जना प्रहरीको दुर्घटनामा मृत्यु

    काठमाडौँ, राजस्थानको चुरु जिल्लाको सुजानगढमा आज भएको सडक दुर्घटनामा ६ प्रहरीको मृत्यु भएको छ ।

    दुर्घटनामा पाँच प्रहरीको घटनास्थलमै मृत्यु भएको थियो भने एक घाइते प्रहरी जवानको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । अर्का प्रहरीको जोधपुरको अस्पतालमा उपचार भइरहेको छ ।

    राजस्थान प्रहरीका अतिरिक्त निर्देशक गोविन्द पारीकका सबै प्रहरीहरू प्रधानमन्त्री नरेन्द्र मोदीको बैठकमा ड्युटीका लागि गएका थिए । राजस्थानका डीजीपी उमेश मिश्राले एक विज्ञप्ति जारी गर्दै दुर्घटना चुरुको सुजानगढ सदर पुलिस स्टेशन क्षेत्रमा भएको बताएका छन् ।

    ड्युटीमा गइरहेका सात प्रहरी सवार कार राजमार्गमा रहेको ट्रलीसँग ठोक्किएको उनले बताए । दुर्घटनामा परी नागौर जिल्लाको खिन्वसर थानाका प्रहरी जवान रामचन्द्र,कुम्भराम,थानाराम,लक्ष्मण सिंह र सुरेशको घटनास्थलमा मृत्यु भएको थियो ।

    आइतवार, मंसिर ३ २०८००२:२४:५२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार