बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

कतारमा आठ भारतीय नागरिकलाई मृत्युदण्डको सजाय

कतारमा आठ भारतीय नागरिकलाई मृत्युदण्डको सजाय

मेगा खबर संवाददाता

११, कार्तिक २०८०
  • 988
    SHARES

  • कतारमा आठ भारतीय नागरिकलाई मृत्युदण्डको सजाय

    काठमाडौं, कात्तिक ११ गते, कतारले आफ्ना आठ नागरिकलाई मृत्युदण्ड सजाय सुनाएको घटनाबाट 'स्तब्ध' भएको भारतले बताएको छ ।

    जासुसीको आरोपमा मृत्युदण्डको सजाय पाउनेमा उच्चपदस्थ नौसैनिक अधिकारी रहेका छन् । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्तिमा 'नयाँदिल्लीले कतारी अधिकारीहरूसँग निर्णय लिने' र बन्दीहरूलाई 'सबै कन्सुलर र कानुनी सहयोग विस्तार' जारी राख्ने बताएको छ ।

    'कतारको अदालतले आज अल दाहरा कम्पनीका आठ भारतीय कर्मचारीसँग सम्बन्धित मामिलमा फैसला सुनाएको हामीसँग प्रारम्भिक जानकारी भएको छ,बिहीबार जारी विज्ञप्तिमा भनिएको छ,हामी मृत्युदण्डको फैसलाबाट स्तब्ध भएका छौं र विस्तृत फैसलाको प्रतीक्षा गरिरहेका छौं । खाडीस्थित कम्पनी अल दाहराले एयरोस्पेस,सुरक्षा र रक्षा क्षेत्रलाई ‘पूर्ण सहयोग समाधान’ प्रदान गर्ने उक्त कम्पनीको वेबसाइटमा उल्लेख छ ।

    कतारका अधिकारीहरूका तर्फबाट यसबारे तत्काल कुनै पुष्टि गरिएको छैन । भारतको विदेश मन्त्रालयले मृत्युदण्ड पाउने ती आठ व्यक्तिको कथित आरोपबारे कुनै विवरण दिएको छैन । यो मुद्दा प्रक्रिया गोप्य प्रकृतिको भएकाले अहिले थप टिप्पणी गर्नु उपयुक्त हुँदैन,मन्त्रालयले सबै कानुनी विकल्पहरूको खोजी गरिरहेको छ,विज्ञप्तिमा भनिएको छ ।

     

    शनिवार, कार्तिक ११ २०८०१२:३२:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार