संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले हमास आक्रमणको समर्थन गरेको आरोप लगाउने वरिष्ठ इजरायली कूटनीतिज्ञहरूले गरेको आकलनलाई स्पष्टरूपमा अस्वीकार गरेका छन् ।
इजरायली कूटनीतिज्ञहरूले सुरक्षा परिषदमा अक्टोबर ७ मा हमासले गरेको आक्रमणलाई महासचिव गुटेर्रेसले समर्थन गरेको आरोप लगाएका थिए । इजराइल र प्यालेस्टाइनको बीचमा बढ्दो सङ्कटलाई लिएर मङ्गलबार भएको बैठकलाई सम्बोधन गर्दै सुयक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले हमासले गरेको ‘भीषण’ आक्रमण कुनै पनि हालतमा औचित्यपूर्ण हुन नसक्ने बताए ।
उनले हमासले गरेको आक्रमणकै कारण गाजामा बमबारी र घेराबन्दी भएको भन्दै प्यालेस्टिनीहरू ‘शून्य अवस्थामा थिएनन्’ भन्ने पहिचान गर्नु महत्त्वपूर्ण हो र उनीहरूलाई सामूहिक सजाय दिनु उचित होइन भने,मङ्गलबार गुटर्रेसको सम्बोधनपछि संयुक्त राष्ट्रसङ्घका लागि इजराइलका स्थायी प्रतितिधि गिलाड एर्डनले ट्वीट गर्दै भने,“महासचिवको सम्बोधनले हमासको क्रूर आक्रमणलाई औचित्यपूर्ण ठहर गर्न खोजेको थियो,हमास आक्रमणमा करिब एक हजार चार सय मानिस मारिए,जसमा सर्वसाधारण नै बढी थिए ।” उनले महासचिवको राजीनामासमेत माग गरेका थिए । यसका साथै महासचिव गुटेर्रेसको भिसासमेत रोक्ने चेतावनी दिएका थिए ।
इजरायलका विदेशमन्त्री एली कोहेनले पनि गुटेर्रेसले हमासको आतङ्कवादलाई समर्थन गरेको आरोप लगाए । साथै उनले मङ्गलबार महासचिवसँगको निर्धारित बैठक रद्द गरे ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।