काठमाडौँ, कात्तिक ९ गते, माइनको लेविस्टन सहरमा बुधबार साँझ भएको गोलीबारीमा कम्तीमा २२ जनाको मृत्यु र अन्य थुप्रै घाइते भएको सहरका अधिकारीहरूले बताएका छन् । स्थानीय अस्पतालहरू गोली लागेका घाइतेहरूले भरिएका छन् ।
समाचारअनुसार सिटी काउन्सिलर रोबर्ट म्याक्कार्थीले बलिङ एल्ली र कम्तीमो अर्को स्थान एउटा स्थानीय रेस्टुरेन्ट र बारमा भएको गोलीबारीमा मर्नेहरूको सङ्ख्या बढेर २२ पुगेको जानकारी दिए । “मेरो बुझाइमा तिनीहरूसँग अस्थायी पहिचान छ ।बलिङ एल्लीमा गोली चलाउनेको, २२ जना मारिएको पुष्टि भएको छ र धेरै नै घाइते भएका छन्”,म्याक्कार्थीले भने ।
उनका अनुसार घाइतेहरूको उपचारका लागि सेन्ट्रल माइन वरपरबाट उद्धार सवारी साधन पुगेका थिए र दुई लेविस्टन अस्पतालले उनीहरूको उपचारका लागि बिदामा बसेका सबै कर्मचारीलाई बोलाएको छ । अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्मानमा रात्रिभोज भइरहेका बेला राष्ट्रपति जो बाइडेनले फोन गरेर माइनका गभर्नर,दुई सिनेटर र एक स्थानीय काङ्ग्रेसका सदस्यलाई फोन गरेर सङ्घीय सहयोग प्रस्ताव गर्न आग्रह गरेका ह्वाइट हाउसले बताएको छ ।
स्थानीय प्रहरीले बलिङ एल्लीभित्र अर्ध–स्वचालित हतियार लैजाँदै गरेका एक बन्दुकधारीको फोटो फेसबुकमा पोस्ट गरेको छ ।पछि प्रहरीले ४० वर्षीय रोबर्ट कार्डका लागि एउटा बुलेटिन जारी गर्दै सामूहिक गोलीबारीका संदिग्धलाई ‘सशस्त्र र खतरनाक मान्नु पर्छ’ भनेको छ । “यदि तपाईँ उसको ठेगानाबारे जान्नुहुन्छ भने कृपया कानून प्रशासनसँग सम्पर्क हुनुहोस् ।”
प्रहरीले एउटा सेतो एसयुभीको तस्बिर पनि जारी गरेको छ । प्रहरीले गाडीको अगाडिको बम्बर कालो रङको हुनसक्ने भन्दै गाडीको पहिचानका लागि सार्वजनिक सहयोगका लागि आग्रह गरेको छ । “कानुन प्रशासनले दुई सक्रिय बन्दुकधारी घटनाको अनुसन्धान गरिरहेको छ”,एन्ड्रोस्कोगिन काउन्टी शेरिफ विभागले फेसबुकमा लेखेको छ,“अनुसन्धान गर्ने क्रममा हामी सबै व्यवसायलाई बन्द गर्न वा बन्द गर्न प्रोत्साहित गरिरहेका छौँ, संदिग्ध अझै फरार छ ।”
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।