काठमाडौँ, असोज ३० गते, हमास हमलाका कारण द्वन्द्वग्रस्त इजरायलबाट सरकारले थप १९ नेपालीको उद्धार गरेको छ । सरकारले भारतीय विमानमार्फत इजरायलमा रहेका १९ नेपालीको उद्धार गरेको हो ।
परराष्ट्र मन्त्री एनपी साउदले आज इजरायलको चेल अविवबाट भारतको उद्धार विमानमार्फत १९ नेपालीको उद्धार गरिएको जानकारी दिए । १९ जना नेपाली नागरिक तेल अविवबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ । मन्त्रालयले स्थानीय समय अनुसार तेल अविवबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक आउने जनाएको छ ।
मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूतावासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने पनि जानकारी दिए । नयाँ दिल्लीस्थित दूतावासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याइने छ । कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई सम्बन्धित स्थानमा पु¥याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ । उनीहरू मंगलबार बेलुकी ६–७ बजेसम्म नयाँ दिल्ली पुग्ने बताइएको छ ।
यी हुन् उद्धार गरिएका नेपाली नागरिकहरू
नन्दसिंह भुल
सुजेन्द्र खड्का
प्रतिभा रौनियार
अनुमा डंगोल
हिना खाँण
आतिस गुरुङ
जुनु गुरुङ
मौसमी पाख्रिन
प्रतिमा तिम्सिना
राजकुमार मानन्धर
संगीता दुलाल
उर्मिला रावल
ममता थापा
दिलकुमारी अधिकारी कार्की
निश्चल श्रेष्ठ
समिता बस्नेत
अम्बिका सुवेदी
सिरता गुरुङ
उर्मिला श्रेष्ठ
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।