काठमाडौँ, अफगानिस्तानमा आपतकालीन टोलीहरू देशको पश्चिममा गएको शक्तिशाली भूकम्पको भग्नावशेषबाट मानिसहरूलाई उद्धार गर्न प्रयासरत छन् । शनिबार गएको ६.३ म्याग्निच्युडको भूकम्पमा परी हेरात प्रान्तका गाउँहरूमा एक हजारभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ ।
सञ्चार र धेरै सडक अवरुद्ध भएका कारण उद्धारकर्मीहरू दुर्गम क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेका छन् । सयौं घाइते पनि भएका छन् । संयुक्त राष्ट्र संघ र अन्य संस्थाहरूले आपतकालीन आपूर्तिमा पुर्याउन थालेका छन् ।
शनिबार स्थानीय समय अनुसार राति ११:३० बजे हेरात सहरबाट ४० किलोमिटर उत्तर-पश्चिममा भूकम्प गएको थियो । सबैभन्दा नराम्ररी प्रभावित माटोका संरचनाहरू छन् । "पहिलो झट्कामा सबै घरहरू ध्वस्त भए," हेरातका बासिर अहमदले भने, विश्व स्वास्थ्य संगठनले कम्तीमा ४६५ घर भत्किएको बताएको छ ।
मृतकको यकिन तथ्याङ्क अझै आइसकेको छैन । अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको मानवीय मामिला कार्यालयले एक हजारभन्दा बढी मानिसको मृत्यु भएको र करिब ५०० अझै बेपत्ता रहेको बताएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।