बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

क्यानडामा बस्ने भारतीय नागरिकलाई भारतले गरायो सतर्क

क्यानडामा बस्ने भारतीय नागरिकलाई भारतले गरायो सतर्क

मेगा खबर संवाददाता

३, आश्विन २०८०
  • 1.6K
    SHARES

  • क्यानडामा बस्ने भारतीय नागरिकलाई भारतले गरायो सतर्क

    काठमाडौं, असोज ३ गते, भारत सरकारले क्यानडामा बस्ने भारतीय नागरिक र विद्यार्थीहरूका लागि ‘एड्भाइजरी’ जारी गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले सोसल मिडिया प्लेटफर्म एक्समा यसबारे जानकारी साझा गरेका छन् ।

    भारत सरकारले आफ्नो एडभाइजरीमा भनेको छ,क्यानडामा भारत विरोधी गतिविधि,राजनीतिक रूपमा प्रेरित घृणित अपराध र आपराधिक हिंसाको वृद्धिलाई ध्यानमा राख्दै,त्यहाँ बसोबास गर्ने सबै भारतीयहरूलाई सतर्क रहन अपिल गरिएको छ ।

    भारतीय नागरिकलाई यसमा सल्लाह दिँदै लेखिएको छ,क्यानडामा भर्खरै भारतीय कूटनीतिज्ञहरू र भारत विरोधी एजेन्डाविरुद्ध आवाज उठाउने भारतीय समुदायका सदस्यलाई लक्षित गरी धम्की आएको छ । त्यसैले भारतीय नागरिकलाई क्यानडामा त्यस्ता क्षेत्रहरूबाट टाढा रहन सल्लाह दिइन्छ जहाँ यस्ता घटना भइरहेका छन् ।

    Image

    बुधवार, आश्विन ३ २०८००४:१७:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार