बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

भारतको मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो

भारतको मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो

मेगा खबर संवाददाता

८, भाद्र २०८०
  • 1000
    SHARES

  • भारतको मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो

    काठमाडौँ,  भदौ ८ गते, भारतको उत्तरपूर्वी राज्य मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ । एक प्रहरी अधिकारीका अनुसार बुधबार पुल भत्किँदा अहिलेसम्म मृतकको सङ्ख्या २६ पुगेको हो ।

    मिजोरको राजधानी आइजवलबाट २१ किलोमिटर उत्तरपश्चिममा रहेको मणिपुरको साइराङ शहरमा निर्माणाधिन पुल भत्किएको थियो । मृतकहरु सबै घटनास्थलमा काम गर्ने कामदार रहेको बताइएको छ ।

    मिजोरमका मुख्यमन्त्री जोरमथान्गाले घटनाप्रति दुःख व्यक्त गर्नुहुँदै पीडित परिवारप्रति समवेदना प्रकट गरे । पुल भत्किनुको कारण अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन । रेलमन्त्री अश्विनी वैष्णवले घटनाको छानबिन गर्न निर्देशन दिनुकासाथै पीडित परिवारलाई क्षतिपूर्तिको घोषणा गरेका छन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ब्र्रिक्स शिखर सम्मेलनका क्रममा घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

    शुक्रवार, भाद्र ८ २०८००२:०५:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार