बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

बाढीले म्यानमारमा ४५ हजार मानिस विस्थापित

बाढीले म्यानमारमा ४५ हजार मानिस विस्थापित

मेगा खबर संवाददाता

२८, श्रावण २०८०
  • 1.5K
    SHARES

  • बाढीले म्यानमारमा ४५ हजार मानिस विस्थापित

    काठमाडौँ, साउन २८ गते, म्यानमारमा भीषण वर्षापछि आएको बाढीका कारण हालसम्म ४५ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । 

    शुक्रवारबाट भीषण वर्षापछि नदीमा आएको बाढीका कारण देशभर ४५ हजारभन्दा बढी मानिस विस्थापित भएका हुन् । सामाजिक कल्याण,राहत र पुनर्वास मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन विभागका निर्देशक डाउले श्वे सिन ओले हालसम्म सोम राज्यका तीन र राखिन राज्यका दुई जना गरी पाँच जनाको मृत्यु भएको बताए । 

    मनसुनको समयमा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र र प्रदेशमा काचिन, केइन, बागो, मगवे, मोन र राखाइन पर्दछन् । विपद् व्यवस्थापन विभागले बाढी पीडितलाई सहयोग गर्न देशभर १०९ वटा आश्रय स्थल स्थापना गरेको छ । अधिकांश आश्रयस्थलहरू मोन,केइन र रखाइन राज्यका साथै बागो क्षेत्रमा अवस्थित रहेको उनको भनाइ छ । 

    राखिन राज्यले बाढी र बढ्दो नदीको सतहका कारण २ हजार १४६ घरपरिवारबाट १० हजारभन्दा बढी मानिसहरूलाई आश्रय स्थलमा पुर्याएको बताइएको छ । साथै सडक सञ्जालबाट जोडिएका विभिन्न स्थानहरूको सम्बन्धविच्छेद भएको बताइएको छ । लगातारको भारी वर्षाका कारण बाढी आएपछि बागो क्षेत्रमा २ हजार ९७३ घरपरिवारका १२ हजार ४ सय ६१ जना आश्रयस्थलमा सर्न बाध्य भएका छन् । मौसम विज्ञान तथा जलविज्ञान विभागका निर्देशक यु ह्ला तुनका अनुसार अहिले भइरहेको भीषण वर्षाका कारण नदीको सतह बढेको हो । 

    म्यानमारको मौसम एजेन्सीले शुक्रवार जारी गरेको अगस्टको १० दिने पछिल्लो पूर्वानुमान अनुसार अगस्ट ११ देखि २० सम्म देशका विभिन्न भागमा अय्यरवाडी नदी र चिन्दविन नदी लगायतका नदीको बहाव बढ्ने अनुमान गरिएको छ । 

    आइतवार, श्रावण २८ २०८०११:१२:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार