बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

गर्मीले अमेरिकाका पाँच काउन्टीमा १४७ जनाको मृत्यु

गर्मीले अमेरिकाका पाँच काउन्टीमा १४७ जनाको मृत्यु

मेगा खबर संवाददाता

२३, श्रावण २०८०
  • 1.5K
    SHARES

  • गर्मीले अमेरिकाका पाँच काउन्टीमा १४७ जनाको मृत्यु

    काठमाडौं, साउन २३ गते, अमेरिकामा प्रचण्ड गर्मीका कारण पाँचवटा काउन्टीमा कम्तीमा एक सय ४७ जनाको ज्यान गएको छ । यो विज्ञहरूले अनुमान गरेभन्दा निकै कम भएको केबल न्युज नेटवर्क (सिएनएन) ले जनाएको छ ।

    मृत्युको रिपोर्ट तीन राज्यमा भएको छ जुन सबैभन्दा खराब पीडित छ । यसै महिनाको प्रारम्भमा एरिजोनाको पिमा काउन्टीमा ६४ र म्यारीकोपामा ३९ जना,नेभाडाको क्लार्क काउन्टीमा २६ जना, टेक्सासको वेबमा ११ र ह्यारिस काउन्टीमा सात जनाको ज्यान गएको उनीहरूले बताएका छन् ।

    जुनको अन्तिम सातादेखि बढेको गर्मी अझैसम्म जारी नै छ । जुन र जुलाई महिनमा लगातार ३१ दिन एक सय १० डिग्री फरेनहाइटभन्दा माथि तापक्रम पुगेपछि जनजीवन अस्तव्यस्त भएको थियो ।

    आँधी र बाढीमा भन्दा गर्मीले ज्यान गुमाउनेको सङ्ख्या अधिक भएकामा विज्ञहरूले चिन्ता व्यक्त गरे । जलवायु सङ्कटले यस्तो अवस्था निम्त्याएको उनीहरूको तर्क छ । हार्वर्ड विश्वविद्यालयका चिकित्सक डेभिड एस जोन्स देशभरिबाट सङ्कलन गरिएको मृत्युको विवरण कम भएको टिप्पणी गर्नुहुँदै गणनालाई रहस्यमय भएका छन् ।  

    मंगलवार, श्रावण २३ २०८००५:०१:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार